पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on: 24 Aug, 2018

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला ।

पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने पेशा हो । तर उसैले  त्यसरी दोहन गर्छ भने त्यो पेशाका नामधारी त्यो कलंकित पात्र हो । पत्रकारले बैद्यानिक रुपमा पाउने सुचना (विज्ञापन ) वाहेकमा लालच देखाउनु र लिनुलाई अव घुस मागे विरुद्धको कार्वाही गरिनु पर्छ ।  कि त्यसले म  दरिद्र हुँ भनेर भिक मागेको हुँ भनेर भन्नु पर्छ ।

निश्चित रुपमा कुनै पनि संघ संस्था वा राजनैतिक दलको संगठनहरुले कुनै ठुलो कार्र्यक्रम गर्दा रशिद सहित चन्दा माग्ने गरेको परम्परा अझै छ । त्यस्ता कार्यक्रममा सहयोग आदन प्रदान स्वभाविक मानिन्छ । तर ब्यक्तिगत रुपमा फोन गरेर वा भेटेर सहयोग माग्दै , नगद भएन  भने सरकारी कार्यालयको पेट्रोलियम पदार्थको कुपन कटाउँदै लिदै गर्दा कैयौ सरकारी कार्यालयको खर्च बढेको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार पत्रकारितामा कतिपय बरिष्ठ भनाउँदाहरु तर कलम भने कम नचलाउँदाहरु  यस्तो कार्यमा बढि  संग्लग्न छन ।  सरकारी कार्यालयमा काटिएका तेलका कुपनहरु बारे छानविन होस् । हरेक जिल्लाका पत्रकार महासंघहरुको गतिविधी बारे पनि निगरानी होस् । पत्रकार महासंघको केन्द्रले खै हेरे को ?

कुनै उद्घटन वा कुनै कार्यक्रमको प्रमुख अतिथीको खादा ओढ्ने  निम्ताए मात्रै आउने अघि पछि वास्तै नगर्ने प्रवृद्धिका कारण जिल्लाका महासंघका केहि सिमित पदाधिकारीहरुले निरुङकुसता लादेका छन । नयाँ साथीहरुलाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित गर्ने, कसरी त्यसलाई गिराउने र  दवावमा राख्ने गरेको गुनासो छ ।

अनियमित्ता भ्रष्टचार विरुद्ध लेख्नेहरुलाई कसरी तह लगाउने भनेर अनेक  षडयन्त्रहरु गर्ने गरेका गुनासाहरु पनि आएका छन । आर्मी  प्रहरीहरुको ब्यारेकमा जाँड पार्टीमा बस्ने, सरकारी कार्यालयका प्रमुखहरुको निमन्त्रणमा जानेहरुले नै निर्भिक भएर लेख्ने पत्रकारहरुलाई भने  सर्वसाधरणहरु संग भन्ने गरेका छन फलानो त एक बोत्तल रक्सीमा बिक्ने मान्छे हो ।

भन्नुस त खास बिकेको को हो ? जुन चाँही सरकारी कार्यालय प्रमुखहरु संग सधै जाँड खाएर बस्छ उसले कहिल्लै ति कार्यालयहरुका अनियमित्ता भ्रष्टचारहरु विरुद्ध लेख्ला ? महासघका नाममा पत्रकारहरुको ठेक्का लिने तपाई को हो ? पत्रकारहरु आफैमा स्वतन्त्र छन त्यसो हुँदाहुदै पनि आचारसंहिताका  विषयमा भने लगाम लगाउनुस ।

जथाभावी लेख्ने छुट पनि कसैलाई छैन ।  एउटा जिल्लामा एउटा गाईजात्र सुनिएको छ । जुन सुकै औपचारिक कार्यक्रममा एउटा संस्थाको प्रतिनिधीत्व एक जना ब्यक्तिले मात्रै गर्दछ । तर सुनिएको छ त्यहाँ पुगेको  अध्यक्ष देखि कार्य समितिको सदस्य सम्मलाई अतिथीका रुपमा आशन ग्रहण गराउन लगाईन्छ । जहाँ आफैले बनाएको सदस्य भन्दा प्रेस  युनियन , तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको नेतालाई तल पारिन्छ ।  यो कहाँको शासन ?  त्यस्ता निरङकुसहरुको दवावमा  बस्नु भन्दा कृपया नयाँ साथीहरु ठाउँ छाडौं वा संघर्ष गरौं ।

प्राप्त जानकारी अनुसार केही जिल्लामा अति गरिएको छ । साथीहरुको कुरा नसुन्ने, आफुले जे बोल्यो त्यही हुनु पर्ने ।  सुने अनुसार त्यतिको हिटलरी पारा त सायदै अरु जिल्लामा नहोला ।  कुन संगठनले अध्यक्ष बनाएको हो त्यसको समेत ख्याल नगर्ने ।

महासंघमा नभएका अन्य राजनैतिक दलमा आश्था राख्ने साथीहरुको सम्वोधन पनि गर्न नपर्ने । कार्यक्रमहरुमा प्रतिनिधीत्व गराउँदा पत्रकारका संगठनहरुलाई आफु एक्लैले कुर्लुम्मा खाने । संगठनहरुको अस्तीत्व नामेट पार्ने । पुर्व अध्यक्षहरुको पाला सम्म संगठनहरुको अस्तीत्वलाई जिवित राखिएको थियो ।

अहिले आफै जन्मेको संगठनलाई समेत अस्तीत्व विहिन पारिएको छ ।  महासंघको अध्यक्ष भएँ भन्दैमा अरुको अस्तीत्व समाप्ता पार्नेहरुलाई सायद उसको पार्टीले पनि छाड्दैन होला र सहकर्मीहरुले पनि धेरै दिन सहेर नबस्लान । सवै औपचारिक कार्यक्रममा आफैले मात्र प्रतिनिधत्व गर्ने  । यस्तो त पुर्व अध्यक्षहरुको पालामा देखिएन भन्छन साथीहरु ।

अतिका विरुद्ध अर्कोले पनि अति गर्छ नै । विभिन्न कार्यक्रमका नामा उठाईएको तेलको विवरण पत्रकार महासंघमा हुनु पर्ने कि नपर्ने ? प्राप्त जानकारी अनुसार तपाई कै घुमुवा मध्येका एक जनाले एउटा संस्थाबाट नोटको विटो बोकेर राख्नु भएको छ । त्यो रकम र अरु मित्रहरुले उठाएको रकमको विवरण अब चाहियो हजुर ।

कसैको केन्द्रिय नेताहरु संग लालजोडी छ भन्दैमा  टेढ्दैनन नयाँ र उर्जावान साथीहरुले ।  उनिहरुलाई जनताको साथ छ  । किन की उनिहरुले निरन्तर जनताको आवाज उठाई रहेका छन । लालफिता शाही पत्रकार होईनन उनिहरु ।

सुनिन्छ अहिले पनि उनिहरु किलाको हिसावले चामल किनेर खान्छन । भात पकाउन नसक्दा चाउचाउको भरमा दिन काटेका छन । कोठा भाडा समयमा बुझाउन नसकेर निकालिएका छन । तपाईहरु जस्तो सुविधा सम्पन्न ठुला होटलमा बस्न उनिहरु सक्दैनन ।

अर्को कुरा सम्पादक मण्डलाम बस्नेहरुले पनि समाचार सम्प्रेषण गर्ने विषयमा  विभेद नगरौं ।  पुरस्कार वितरण लेख्नेहरुलाई दिनेकी राजनैतिक दलको कोटा र अनुहार हेरेर दिने ?  यो पनि ख्याल गरौं ।

आम सर्वसाधरण त्यसमा पनि कुल्लीहरु बस्ने होटलमा बस्छन । त्यो स्वाभिमानी हो । फेरी पनि  दोहराईन्छ  जसले आफुलाई राजा महाराज ठान्छ त्यो  पत्रकारिता क्षेत्रको कलंक नै हो । यस्तो राज जग्गा लगायतको  ठेक्का पट्टवालाहरुबाट चलेको छ भन्ने बुझिन आएको छ । नेता बन्ने नै हो भने उतै ठेक्का पट्टा तिर कै नेतृत्व सम्हाल्नुस ।  रिसानी माफ होला पत्रकारका विरुद्ध पनि कलम चलाउनै पर्ने भएकाले चलाईको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!