माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी, अन्य पदाधिकारी को-को ?

Posted on: 23 Dec, 2021

पुस ८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्ष पदको लागि ७ मत भने बदर भएको थियो ।

त्यस्तै माओवादी केन्द्र प्रदेश १ कमिटिको तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११ मत, देवान चाम्लिङ १२० मत र शिवकुमार डाँगी ११३ मत पाएर विजयी भएका छन् । त्यस्तै सचिवमा गणेश उप्रेतीले १४८ मत पाए भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत पाएका थिए । 

त्यस्तै प्रदेश १ का तीन सहसचिवमा कुमारी राईले ११४ मत, सागर किराँतीले ७३  मत र ऋषिराम ढुंगानाले ९५ मत पाएर विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!