पर्वतारोहीहरुलाई भक्तपुरको नगरकोटमा तालिम

Posted on: 04 Jan, 2017


सैलेश लोप्चन | पुस २०, भक्तपुर | उच्च हिमाली  तथा पहाडी कामदार सहयोग संघ र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखाद्दारा नगरकोटमा ३ दिने  प्राथमिक उपचार तालिम संचालन भैरहेको छ । उक्त तालिममा माउन्टेन गाइड तथा पर्यटक गाइडहरुको आवश्यकता र रुचिलाई आत्मसात गरेर उक्त तालीमको आयोजना गरेको आयोजकका एक सदस्यले बताएका छन् ।

पर्यटनसंग सम्बन्धित भएर काम गर्ने क्रममा आइपर्ने तात्कालिक समस्याहरुलाई समाधान गर्न सकिने यो तालिमको विशेषता रहेको जनाइएको छ । उक्त तालिममा लगभग ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । तालिम नगरकोटको रत्नगिरी  रिसोर्टमा पौष १८ गतेदेखी सुरु भएको हो । यो तालिम बिहिबार सम्पन्न हुँदैछ ।

तालिमका लागि प्रशिक्षार्थीहरुबाट ७० प्रतिशत शुल्क उठाइएको छ भने र बाँकी ३० प्रतिशत लागत उच्च हिमाली तथा पहाडी कामदार सहयोग संघ र भक्तपुर रेडक्रस सोसाइटी शाखाद्दारा प्रायोजन गरिएको छ । संस्थाले २००७ देखि पर्वतारोहीको हितमा लक्षित व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा लिडरशिप तालीम लगायतको प्राथमिक उपचारको तालिमहरु संचालन गर्दै आइरहेको छ । 

मुलुकको अर्थिक बिकासको पर्यटन महत्वपूर्ण मानिएको बेला यो संस्थाले पर्यटन संघ सम्बन्धित रहेर काम गर्ने युवाहरुले सहज रुपमा सेवा गर्न सकुन् र आइपर्ने अप्ठ्यारा परिस्थितिलाई सहजीकरण गर्न  मद्दत पुगोस् भन्ने हेतुले यो तालीमको आयोजना गरेको बताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!