भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

Posted on: 27 Sep, 2022

असोज ११, भक्तपुर | भक्तपुरमा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार पक्राउ गरेको छ । 


थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!