ओमन पठाई दिने भन्दै महिलालाई बेचबिखन गर्ने पक्राउ

Posted on: 23 Mar, 2021

चैत १०, बर्दिया । २८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै बेचबिखन गर्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार बर्दियाको मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका-८ लालीबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!