बारामा तीन जना सवार मोटरसाइकल पुलबाट खस्दा दुईको मृत्यु

Posted on: 16 Jan, 2023

माघ २, बारा | बारामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार राति ९ बजे बारा महागढीमाई नगरपालिका–९ थलहीस्थित पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको तीन जना सवार रहेका मोटरसाईकल दुर्घटनामा परेको थियो।

मोटरसाइकल अनियन्त्रित भइ पुलमुनि खस्दा सिम्रौनगढ नगरपालिका–१ बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय ताहिर अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पुलमुनि खस्दा दुबै जना नदीमा खसेर बेपता भएकोमा नदी किनारमै दुबै जनाको शव भेटिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

मोटरसाइकलमै सवार सोही स्थानका २२ वर्षीय गुड्डु अन्सारीको घाइते भएको र उपचारपछि घर फर्किएको थापाले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!