मास्क नलगाई हिँडे कारबाही

Posted on: 24 Mar, 2021

चैत ११, काठमाडौं । पछिल्लो समय छिमेकि देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड जारी गर्न थालेका छन् । बुधबार जिल्ला प्रशासन बाराले सूचना जारी मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने बताएको छ ।

प्रशासनले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन आग्रह गरेको हो । मंगलबार डीसीसीएमसी बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा (होली)मा भिडभाड नगर्न आग्रह गरेको छ । सीमानाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराए मात्र प्रवेश गर्न दिने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!