बारामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 21 Feb, 2021

फागुन ९, कलैया । बाराको कलैया उपमहानगरपालिका–३ मा आइतबार भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएकको छ । ना१ज ८८ ३९ नम्बरको म्याजिक भ्यानले ना४प ५१२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाराकै प्रसौनी गाउँपालिका–५ बस्ने ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा बिहान सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न भ्यानसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!