बारामा प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि १८६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)

Posted on: 10 Oct, 2022

असोज २४, बारा | आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि बारामा केही स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ७१ जना, प्रदेशसभा ’क’ मा ५६ र ’ख’ मा ५९ जना गरी १८६ जनाको उम्मेदवारी परेको हो । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ८४ छ ।

४ प्रतिनिधिसभा सदस्यका लागि ७१ जनाको उम्मेदवारी परेकोमा ३० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै ८ प्रदेशसभा सदस्यका लागि ११५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या ५४ छ ।

बारा क्षेत्र नम्बर १

बाराको क्षेत्र नम्बर १ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १८ जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४६ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ६ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १४ छ ।

प्रतिनिधि सभा सदस्य

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमाले जसपाका तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत प्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तबहादुर दर्लामीको उम्मेदवारी दर्ता भएको छ भने हाम्रो नेपाली पार्टीबाट राकेश न्यौपानेले नामको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट शिवप्रसाद तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने नेपाली कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

यता नेपाल लोक्तान्त्रिक पार्टीबाट मोजहर हुसेन मन्जुर, नेपाली जनता पार्टीबाट प्रदिपकुमार प्रसाद साह कलवार, नागरिक उन्मुक्ति पार्टीबाट भुवन प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र जनमत पार्टीबाट मनोज कुमार थारुले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अनिलकुमार गुप्ता, कृष्णराज गिरी, धर्मेन्द्रकुमार साह, शिवप्रसाद रिजाल, अनवर अन्सारी र चनकराज भट्टराईको उम्मेदवारी परेको छ ।

१ क प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रमेशप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका हुन् । यता नेकपा एमालेबाट मधेश प्रदेशका सदस्य त्रिलोकी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

हाम्रो नेपाली पार्टीबाट भेसबहादुर ढकाल, नेपाल सुशासन पार्टीबाट दामोदर परुहर, नागरिक अन्मुक्ति पार्टीबाट राधा कुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, मंगोल नेसनल अर्गनाइजेशनबाट मदनबहादुर बम्जन र जनमत पार्टीबाट युवराज मैनालीले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा शिवनारायण थारु, जयमंगल चौधरी, देव राज घिमिरे, एक बहादुर क्षेष्ठ र सन्नी लामाको उम्मेदवारी परेको छ ।

१ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेन्द्र साह कानुले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका हुन ।

राप्रपा नेपालबाट जोखु साह कानु, नेकपा एकीकृत समाजवादीबाट बतहु राय यादव, नागरिक उन्मुक्ति पार्टीबाट उमेश प्रसाद कलवार र जनमत पार्टीबाट सिताराम प्रसाद नेपालीले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा राकेशकुमार कुशवाहा, अशोककुमार यादव, अरुण कुशवाहा, कमरुल्लाह अंसारी, जयन्त कुमार कुशवाहा, राजकुमार प्रसाद साह, संजय प्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तत्माको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर २

बाराको क्षेत्र नम्बर २ मा केही स्वतन्त्रसहित ४७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १५ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १७ जना गरी ४७ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २९ छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेकोमा ९ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

प्रतिनिधि सभा सदस्य

एमाले जनता समाजवादी पार्टी नेपाल गठबन्धनका तर्फबाट जसपाका नेता तथा पुर्व वन मन्त्री रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीबाट मेरोलाल प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रवीन्द्र प्रसाद जसवाल, नेकपा माअ‍ेवादी केन्द्रबाट  शिवचन्द्र प्रसाद कुशवाह, नेपालका लागि नेपाली पार्टीबाट शेख ओली आलम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनालाल प्रसाद सा तेलीको उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अरुणकुमार ज्ञवाली, जितेन्द्रप्रसाद यादव, प्रशान्तकुमार यादव, विनोदकुमार यादव, मन्जारुल अन्सारी, रवीन्द्र प्रसाद यादव, रामकिशोर प्रसाद यादव र शम्भु प्रसाद साहको उम्मेदवारी परेको छ ।

२ क प्रदेश सभा

नेकपा एमालेबाट बलवीर चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट मोतीलाल प्रसादले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाल लोकतान्त्रिक पार्टीबाट के एस फिजिसन, नेपालका लागि नेपाली पार्टीबाट जगदेव महतो कोइरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवानन्द सहनी र जनमत पार्टीबाट रामाशंकर प्रसाद कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा अनुरुद राउत, कामेश्वरप्रसाद यादव, दिपेन्द्र प्रसाद यादव, धर्मलाल प्रसाद यादव, राजेश प्रसाद यादव, लक्ष्मण राउत अहिर, वीरेन्द्र प्रसाद यादव, उषा कुमारी यादव र शारदा शंकर प्रसाद कलवारको उम्मेदवारी परेको छ ।

२ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामउयोध्या प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यता जनता समाजवादी पार्टीबाट बच्चा राउत अहिरले उम्मेदवारी दर्ता गराएका हुन् ।

जनमत पार्टीबाट गजानन्द प्रसाद यादव, नेपाल मजदुर पार्टीबाट चन्दनकुमार यादव, नेपाल सद्धावना पार्टीबाट भुला सिंह रानपुत र राप्रपाबाट राम दहिन रायले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा अजयकुमार यादव, ओमप्रकाश प्रसाद यादव, ओम प्रवेश शर्मा, देवेन्द्र प्रसाद गिरी, नवल किशोर प्रसाद, प्रभुनाथ राउत, भतर प्रसाद साह, महेश्वर कुमार उपाध्याय, रामएकबाल प्रसाद यादव, सुरेश कुमार यादव र सुनिल कुमार पण्डितको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर ३

बाराको क्षेत्र नम्बर ३ मा केही स्वतन्त्रसहित ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १८ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १२ जना गरी ४५ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या १५ छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २७ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।

प्रतिनिधि सभा

सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लालबाबु सिंह भुइहारले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज ज्वाला कुमारी साहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

विवेकशील साझा पार्टीबाट अमिरी साह तेली, नेपाल जनता पार्टीबाट गोपाल दास, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदी, एकीकृत शक्ति नेपालबाट नरेश कुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनबाट नुरमहमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीबाट महमुदिन मियाँ अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्र प्रसाद जैसवार, जनमत पार्टीबाट राधिका देवी साह, जनता समाजवादी पार्टी नेपालबाट रामवाबु कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा इन्द्रदेव महतो, कलामुदीन अन्सारी, दिनेश्वर झा, मनोज पण्डित कुम्हार र रामकृष्ण साहको उम्मेदवारी परेको छ ।

३ क प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुकेश साहले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट रवीन्द्र दास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट भरतबहादुर खडका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलिराम राउत पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीबाट भुण्टा माझी, जनमत पार्टीबाट मदन प्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघ बाहादुर गोले, हाम्रो नेपाली पार्टीबाट शिवनाथ प्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र प्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा दिपककुमार बराल, दिलीप कुमार साह, ध्रुव प्रसाद यादब, नारायण क्षेत्री र शिवनाथ प्रसाद पटेलको उम्मेदवारी परेको छ ।

३ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जयचन्द्र प्रसाद चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट महम्मद समिरले उम्मेदवारी दर्ता गराएका छन भने जनता समाजवादी पार्टीबाट पारसप्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश प्रसाद जैसवार, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रिकाप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज साह तेली र जनमत पार्टीबाट सन्तोष प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा प्रदिप प्रसाद यादव, प्रमिला गिरी, बाचालाल साह कानु, बुधन प्रसाद यादव र सुरेशकुमार मोदकको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर ४

बाराको क्षेत्र नम्बर ४ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा २० जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४८ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि २० जनाको उम्मेदवारी परेकोमा १० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।

प्रतिनिधि सभा सदस्य

सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमाले जसपाका तर्फबाट नेकपा एमालेका एकवाल मियाँले उम्मेदवारी दर्ता गराएका छन ।

नेपाल सद्धावना पार्टीबाट खेदू महतो धानुक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवन चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रोहन कुमार, जनता प्रगतिशिल पार्टी, नेपालबाट श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीबाट सन्तोष कुमार गुप्ता, विवेकशील साझा पार्टीबाट सुनिलप्रसाद साह कलवार र जनमत पार्टीबाट हरिप्रसाद कुर्मीको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा इच्छाबहादुर वाग्ले, किशोरीलाल कुर्मी, गोविन्द प्रसाद मण्डल, दिनेश प्रसाद भेडिहर, नेमराज प्रसाद जैसवाल, पूर्ण प्रसाद पन्थ, रामकृष्ण तिवारी, रामश्रेय प्रसाद कुश्वाहा, हरि महरा र हरीनारायण सहनी मलाहको उम्मेदवारी परेको छ ।

४ क प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । यता नेकपा एमालेबाट देवनारायण थारुले उम्मेदवारी दर्ता गराएका हुन ।

जनमत पार्टीबाट गणेश प्रसाद यादव, विवेकशील साझा पार्टीबाट डम्बरबहादुर खत्री, नेपाली कांग्रेस बी.पी.बाट द्धारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दालाल राउत, जनता प्रगतिशील पार्टी नेपालबाट मारकन्डे प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमकुमार जर्कामगर र हाम्रो नेपाली पार्टीबाट संतोष कुश्वाहाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा अनिल कुमार साह, कृष्ण प्रसाद चौलागाईं, नारायणी रायमाझी र महेन्द्रप्रसाद थारुको उम्मेदवारी परेको छ ।

४ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र प्रसाद सोनारले उम्मेदवारी दर्ता गराएका छन् । यता जनता समाजवादी पार्टीबाट आत्माराम प्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

जनता प्रगतिशील पार्टी, नेपालबाट छोटेलाल प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपेन्द्र कुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवबाबु प्रसाद कुर्मी, विवेकशील साझा पार्टीबाट धनन्जय प्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रभु प्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीबाट लक्ष्मी नारायण महतो र जनमत पार्टीबाट सुरेश प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा अजय कुमार गुप्ता, उमेश कुमार कुश्वाहा, केदारप्रसाद तेली, मोजाइद अन्सारी, राजकुमार राम र राजु देवानको उम्मेदवारी परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!