मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र आएको हो : यादव

Posted on: 12 Dec, 2021

मङ्सिर २६, काठमाडौँ | जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र, समावेशीकरण, संघीयता आएको बताएका छन्।

आइतबार नेपालगञ्जमा भएको बृहत अगुवा कार्यकर्ता भेला एवं अभिमूखिकरण कार्यक्रममा अध्यक्ष यादवले मधेस विद्रोह नभएको भए नेपालमा गणतन्त्र नै नआउने बताएका हुन्।

अध्यक्ष यादवले नेपालमा भएका आन्दोलनहरुले सत्ता परिवर्तन गरे पनि मधेस विद्रोहले शासन प्रणाली नै परिवर्तन गरेको बताए।

अध्यक्ष यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नलिएर अझै पनि केही नेताले संघीयता र गणतन्त्र स्वीकार नगरेको टिप्पणी गरे।

यस बिषयमा तपाइको प्रतिक्रिया...!