बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनु पर्ने मुख्यमन्त्री शाहीको दाबी

Posted on: 13 Jan, 2020

पुस २८, नेपालगञ्ज | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने बताएका छन् | 

मुख्यमन्त्री शाहीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुवै समूहका व्यापारीसँगको छुट्टाछुट्टै भेटमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताए |

बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा कर्णाली प्रदेशका सबै राजनीतिक शक्ति एकजुट रहेको पनि उनले उल्लेख गरे । ‘अझै पनि हामी त्यहाँ बृहत् छलफल गरेर यो मुद्दालाई सबैको साझा र व्यापक बनाउन चाहन्छौँ’ मुख्यमन्त्री शाहीले भने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!