बडिमालिकाबाट स्वास्थ्य र कृषिमा प्राथमिकता

Posted on: 23 Jun, 2020

असार ९, बाजुरा | बडिमालिका नगरपालिकाले आगामी वर्षका लागि रु ३७ करोडको वार्षिक बजेट ल्याएको छ ।  नगरपालिकाको सातौंँ नगरसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले  स्वास्थ्य र  कृषिलाई बढी तथा त्यसपछि शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

नगरसभामा उपप्रमुख कविता विष्टले  चालुतर्फ रु १७ करोड १५ लाख ४८ हजार र पूँजीगततर्फ रु २० करोड ७७ लाख ६८ हजारको बजेट सोमबार प्रस्तुत गर्नुभयो । 

शोधभर्ना गर्ने गरी आन्तरिक आम्दानीबाट रु ३७ लाख ९० हजार पाँच सय र संघीय सरकार समानीकरण अनुदानबाट रु १० करोड ८१ लाख बराबर पाउने गरी बजेट सोमबार सार्वजनिक गरिएको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । 

सामाजिक र पूर्वाधार विकास, आर्थिक उन्नति तथा  संस्थागत सुदृढीकरणमार्फत सभ्य समाज र आर्थिक रुपमा समृद्ध नगर निर्माण गर्दै जानेलगायत कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उपप्रमुख  विष्टले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!