बझाङकाे बुङ्गलमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा मृत भेटिए

Posted on: 10 Aug, 2022

साउन २५, बझाङ | बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरी र छोरा झुन्डिएकाे अवस्थामा मृत भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा मृत भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयाे।  मृतक पाँच वर्षीया बालिकाको नाम भने खुलेकाे छैन । 

गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनु भएकाे छ । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!