नेकपा बझाङको पार्टी कार्यालयमा ओेली समूहको ताला

Posted on: 27 Dec, 2020

पुस १२, बझाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समूहले बझाङ जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । आइतबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली समूहले बझाङको चैनपुरमा रहेको नेकपा जिल्ला पार्टी कार्यालयमा ताला लगाएको हो |


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा भित्रको आन्तरिक विभाजन जिल्ला सम्म पुगेको छ । पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूह संसद विघटनको बिरुद्धमा जिल्ला भेला तथा प्रदर्शनमा उत्रिएका बेला ओली निकट मानिने विद्यार्थी संगठन अनेरास्वियुका संयोजक प्रविन्द्र धामीले ताला लगाएको बताएका हुन् ।

जिल्ला पार्टी कार्यालयमा गुटगत भेला आयोजना भइरहेको भन्दै ताला लगाएको बताएका छन्।जिल्लामा प्रचण्ड-नेपाल समुहको बहुमत रहेको छ। ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!