बैतडीमा पर्यटकीयस्थल संरक्षणका लागि रु ५० लाख

Posted on: 16 Mar, 2019

चैत २, बैतडी | बैतडीमा रहेको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल संरक्षणका लागि यहाँका स्थानीय तहले चासो देखाएका छन् । 

जिल्लाको दुर्गम सिगास गाउँपालिकाले त्यहाँ अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सिगास धुराको संरक्षणका लागि चासो देखाएको हो । सिगास धुरा क्षेत्रको संरक्षणका लागि भन्दै रु ५० लाख बजेट विनियोजन गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । विनियोजित बजेटले उक्त क्षेत्रमा मैदान निर्माण गरिनुका साथै बाटोको स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

क्रमागत योजनामा राखिएको उक्त क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि आगामी वर्ष थप बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष धामीको भनाइ रहेको छ । हात्तीसुन्नादेखि सिगास धुरा मन्दिर क्षेत्रसम्मको एक किलोमिटर बाटोको स्तरोन्नति र मैदान निर्माण कार्य भइरहेको बताइएको छ । सिगास धुराको संरक्षण र प्रवद्र्धन गरी प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गाउँपालिकाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!