बैतडीमा जिप दुर्घटना, अन्दाजी १५० मिटर तल खस्यो

Posted on: 09 Dec, 2022

मङ्सिर २३, धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।

जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!