७० वर्षीय कमलसिंह विष्टकाे भोट हाल्ने सपना अधुरै रह्याे

Posted on: 13 May, 2022

वैशाख ३०, बैतडी | बैतडीका ७० वर्षीय एक वृद्धको भोट हाल्ने सपना अधुरै रहेको छ । पाटन नगरपालिका- ६ टुडेगैरका कमलसिंह विष्टलाई स्टेचरमा राखेर मतदान स्थलसम्म लगिएको थियो । मतदान स्थल पुग्ने बितिक्कै उनलाई भोट हाल्न चाँजोपाँजो मिलाइएको भए पनि उनको भोट नहाल्दै मृत्यु भएको छ ।

                   

उनका आफन्त वसन्त बिष्टले भने,‘उहाँ बिरामी हुनुहुन्थ्यो । आफैँले भोट हाल्छु भनेपछी मतदानस्थल पुर्‍याएका हौँ । तर, पुग्ने बितिक्कै बेहोस हुनुभयो । अस्पताल लैजाने तयारी गर्‍याैँ । तर, उहाँको मृत्यु भइसकेको थियो ।’

कांग्रेसका कृयाशील सदस्य समेत रहेका मृतक विष्ट विकास निर्माणका कामहरूमा सरिक हुने गरेका थिए । उनी स्थानीय सिँचाइ उपभोक्ता समितिका अध्यक्ष समेत थिए । दीर्घरोगी विष्ट लामो समयदेखी नियमित औषधि सेवन गर्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!