बैतडीमा खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते

Posted on: 03 May, 2022

वैशाख २०, बैतडी | बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि नै खुकुरी प्रहार भएको छ। सत्ता गठबन्धनकातर्फबाट डिलाशैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले जानकारी दिए।

माओवादी केन्द्रकातर्फबाट उम्मेदवार रहेका साउद वडा नं. ५ कै पुजाँरीगाउँमा एक घरबाट अर्को घरमा जाने क्रममाबीच बाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ।

खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरेको गोकुलेश्वर अस्पतालले जनाएको छ।घटनाका बिषयमा जानकारी आएको र थप बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनास्थलमा प्रहरीको टोली खटाइएको र कसले खुकुरी प्रहार गरेको हो भन्ने बिषयमा खुल्न नसकेको उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!