गाउँपालिका अध्यक्षलाई कुटपिट गर्नेलाई कारवाहीको माग

Posted on: 16 Oct, 2020

असोज ३०, काठमाडौँ | नेपाली काँग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ । 

गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!