बैतडीका किसानहरु आधुनिक कृर्षी औजारतर्फ आकर्षित

Posted on: 10 Apr, 2019

कृष्ण बिष्ट । चैत्र २७, बैतडी । बैतडीका किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका छन । ब्यावसायिक कृर्षकहरको लागि काम गर्न सहज हुन थालेपपिछ आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका हुन ।

अहिले जिल्लाका ग्रामिण भेगका किसानहरु कृषी समुह मार्फत सामुहिक रुपमा हातेट्याक्टर लगायतका आधुनिक कृषी औजारहरु खरीद गरी काम गरीरहेका छन । खनजोत गर्न प्रयोग गरीने हातेट्याक्टर, हजारी, दाते लगायतकाका आधुनिक औजारहरु यहाका किसानहरु  प्रयोग गर्दै आएका छन ।


साविकको कृषी विकास कार्यालयको पचास प्रतीसत अनुदानमा हातेट्याक्टर खरीद गरी प्रयोग गरीदै आएको  पाटन ८ खोडपे स्थित शिद्ध सिगास कृर्षक समुहका अध्यक्ष नर बहादुर बिष्टले बताउनुभयो । कृषी औजारहरुले छिटो छरीतो काम हुदै आएकाले सहज हुने गरेको उहाले ताउनुभयो । 


प्रधानमन्त्री कृषी आधाुनिकीकरण परीयोजना तरकारी ब्लकमा हातेट्याक्टर, पोली हाउस लगामयतका समाग्रीहरु पनि बितरण गरीएको परीयोजनाका अध्यक्ष पदमराज भट्टले जानकारी दिनुभयो । जिल्लाको तरकारी ब्लक क्षेत्र पाटन ८, ९, १०, प्रत्येक वडाका तरकारी समुहलाई दूइ दुइ वटा हातेट्क्टर लगायत अन्य औजारहअरु बितरण गरीएको उहाले बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको उहाका ेभनाइ छ । 

पछिल्लो समयमा स्थानियतहहरुले पनि कृर्षीका कार्यक्रमहरुलाई प्राथमिकतामा राखे पछि आधाुनिक औजार बितरण कार्यक्रम पनि सञ्चालन गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!