बाग्लुङमा काँग्रेसको सुरुवाती अग्रता, कति छ मतान्तर ?

Posted on: 01 Dec, 2019

मंसिर १५, बाग्लुङ | बाग्लुङमा शनिबार भएको उपनिर्वाचनमा सुरुवाती अग्रता नेपाली काँग्रेसले लिएको छ | प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ अन्तर्गत काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनले अग्रता कायम गरेका हुन् |

हाल सम्म उनले ५२५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ३८६ मत प्राप्त गरेका छन् | त्यस्तै समाजवादी पार्टीका अशोककुमार विकले ७० मत ल्याएका छन् | 

उक्त निर्वाचन क्षेत्रमा नेकपाले जनमोर्चालाई समर्थन गरेको थियो भने २०७४ मा भएको निर्वाचनमा बाग्लुङ २ ‘ख’ मा जनमोर्चाकै टेकबहादुर घर्ती विजयी भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!