श्रीमानको घाँटी पटुकाले कसिदिइन्, प्राण गएपछि झुन्डाइदिइन् दलिनमा

Posted on: 13 Dec, 2022

मङ्सिर २७, अर्घाखाँची | अर्घाखाँचीमा घरायसी झगडाका क्रममा श्रीमतीले आफ्नै श्रीमानलाई घरको दलिनमा झुण्डाएर हत्या गरेकी छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका १ की लक्ष्मी नेपालीले आफ्नै श्रीमान् ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेकी हुन् । 


शनिबार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र लगत्तै लक्ष्मीले पनि कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको खुलेको जिल्ला प्रहरीले बताए।

 हत्या गरेपछि आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिइन्। सार्की दाम्पतीले झगडा हुनु अगाडि मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

हत्या गरी झुण्डाएर छिमेकीको घरमा मलाई श्रीमानले कुटपिट गरे भनेर सहयोग माग्न पुगेकी रहिछन्, छिमेकी त्यहाँ पुग्दा बलबहादुर झुण्डिएको अवस्थामा भेटिए। रक्सीको मातमा घटना घटेको देखिन्छ। अनुसन्धान गर्दै जाँदा हत्या गरेर झुण्डिाएको स्वीकार गरिन्। लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!