वादी समुदायलाई निःशुल्क सोलार

Posted on: 06 Jan, 2022

पुस २२, अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार  वितरण गरिएको हो । 

झण्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो । हाल उनीहरुका लागि  नयाँ घर निर्माण गरिएको हो । स्थानीय मधु वादीका अनुसार चुत्राबेसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो । सोही समुदायलाई हालै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सोलार वितरण गर्नुभयो ।

नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा वादी समुदायलाई निःशुल्क जग्गा र घर निर्माण गरिएको हो ।  स्थानीय सरकारले  खानेपानीको व्यवस्थापन गर्न तथा जीवनस्तर उकास्न काम गरिरहेको छ । वडाध्यक्ष मोतिजङग रायमाझीका अनुसार वादी समुदायको व्यवस्थित बसोबासका लागि नगरपालिकाले काम गरिरहेको छ । वादी समुदायले गिट्टी कुट्दै, बालुवा चाल्दै,  ज्यालामजदूरी गरी जीवनयापन गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!