महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

Posted on: 23 Oct, 2021

विशाल बस्नेत | कात्तिक ६, महोत्तरी | बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ । 

जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ । बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

संघ र प्रदेश सरकारले नोक्सान व्यहाेरेका किसानलाई राहत प्याकेज घोषणा गरेपनि अहिलेसम्म महोत्तरीका किसानले राहत दिएको छैन ।  

`कस्ता किसानलाई कसरी राहत प्रदान गर्ने भन्ने विषयमा हामी अझै अलमलमा छौँ, स्थानीय तहसग छलफल भइरहेको छ,´ कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले भने । मोडालिटी तयार गरेर किसानहरुलाइ राहत वितरण गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!