फौजी किराको प्रकोपले पाँचथरका किसान मारमा

Posted on: 09 Jun, 2021

कमल घिमिरे /जेष्ठ २६।पाँचथर,पाँचथर का किसानहरु यति बेला अमेरिकी फौजि किराले गर्दा मारमा परेका छन्। पाँचथरको  मुख्य खाद्यन्न रहेको मकै  बालीमा देखिएको फौजि किराको कारण  पाँचथरका किसानहरु चिन्तित बनेका छन्। 

गोड्ने बेला भएको मकैमा किराले आक्रमण गरेको र मकै मर्न थालेपछि के गर्ने भन्ने चिन्ता बढेको हो। 

तीन बर्ष अगाडी भारत बाट नेपाल भित्रिएको अमेरिकी फौजी किराले गत साल भन्दा यो साल पाँचथरमा धेरै असर गरेको छ । 

फौजी किराको विषादी विभिन्न गाउँपालिका र कृषकहरुलाई वितरण गरिरहेको र जिल्लाका विभिन्न स्थानमा गई अनुगमन पनि गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो ।


विषादी वितरण भएपनि लकडाउनका कारण कृषकहरुले विषादी लिन जान नपाएको  साथै कतिपय कृषकलाई विषादी कहाँ पाइन्छ भन्ने पनि जानकारी नभएको कृषकको भनाइ छ । यो महामारीको समयमा मुख्य बाली रहेको मकै  नै फौजी किराले नष्ट गर्दा अब के खाने भन्ने चिन्ता बढेको फिदिम १२ का कृषक राम दुलालको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!