भारततर्फ लैजान डुङ्गामा राखिएको मटर (केराउ) बरामद

Posted on: 02 Nov, 2020

श्याम थापा | कात्तिक १७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता ५ सकरदिन्हीमा रहेको शिव शक्ति युवा क्लब, ईलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलिनगरले सेतो मटर (केराउ) बरामद गरेको छ ।

गएराती शिव शक्ति युवा क्लबका पदाधिकारी, ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमानन्द पाण्डे र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक धन बहादुर रानाको संयुक्त गस्ती टोलीले रातीको करिब १० बजेको समयमा सुस्ता ५ पक्लिहवाको ठोक्कर न ५ स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा २ वटा डुङ्गामा राखिएको ७० क्युन्टल अर्थात १३० बोरा करिब ४ लाख २५ हजार बराबरको सेतो मटर (केराउ) गस्ती टोलीले बरामद गरेको शिव शक्ति युवा क्लब सुस्ता ५ सकरदिन्हीका अध्यक्ष टेक बहादुर मगरले बताएका छ्न ।


क्लबका अध्यक्ष मगरको अनुसार क्लबका पदाधिकारीहरु नारायणी नदिको किनारमा घुम्ने क्रममा २ वटा डुङ्गामा १३० बोरा अर्थात ७० क्युन्टल सेतो मटर (केराउ) लोड गरिएको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेको उनले बताए । गस्ती गर्ने क्रममा नारायणी नदिको किनारमा पुग्दा बोरा जस्तो देखिएपछि नजिक पुगेर हेर्दा मटर (केराउ) रहेको र प्रहरीको गाडी देखेर तस्कर भागेको हुनुपर्ने अनुमान ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।

बरामद भएको मटर (केराउ) आवश्यक कामकारबाहीको लागी भन्सार कार्यालय महेशपुर नवलपरासीमा पठाइने ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेले सुस्ता सन्देशलाई जानकारी दिएका छ्न । भने मटर (केराउ) लोड गरिएको २ वटा डुङ्गा पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!