गरिबको धानखेतमा डोजर चलाएर खुसीयाली

Posted on: 13 Jul, 2020


पर्वत । फलेवास नगरपालिकाले कृषकले धान रोपेको खेतमा डोजर चलाएको छ । कृषि क्षेत्रको विकासको लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले  कृषकको सहमति विना नै जवरजस्ती खेतमा डोजर लगाएको हो । नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न भन्दै करोडौ रकम विनियोजन गर्ने तर जनप्रतिनिधि आफै किसानलाई रुवाउदै हिड्ने गरेका हुन् ।

 बाहिरि चक्रपथ निर्माणको नाउमा असारे विकासलाई निरन्तरता दिदै नगरपालिकाले खेती योग्य जमिनमा डोजर चलाएर गरीबको गासको उठिबास लगाएको हो ।

फलेवास नगरपालिका ११ पाङराङमा नगरपालिकाले धान रोपेको खेतमा जवरजस्ती डोजर चलाएर अमानवीय व्यवहार देखाएको हो । स्थानीय यामु पाण्डे र बालकृष्ण पाण्डेले आजभन्दा झण्डै चार वर्ष अगाडी मध्यरातमा डोजर चलाएर सोही स्थानमा मकै खेती सखाप पारेपछि जिल्ला प्रशासन र प्रहरीमा उजुरी गरेका थिए । तत्काली जिल्ला समन्यवय कार्यालयले विनियोजन बजेट रोक्का समेत गरेपछि प्रशासनले उक्त अमानवीय व्यवहारको निन्दा गर्दै पीडितसंग सहमति गर्न भनेपछि तत्काली गाविस सचिवको रोहवरमा सो बाटो बन्द गरी पीडित यामु पाण्डे र बालकृष्ण पाण्डेलाई मकैको क्षतिपूर्ती र सो जग्गा जस्ताको तस्तै बनाउनको लागि हर्जना समेत भराएको थियो । तर अहिले सोही स्थानमा स्थानीय जनप्रतिनिधिकै रोहबरमा पुन बाटो खनिएको हो ।

वर्षभरी धान खाने खेतमा जवरजस्ती डोजर चलाउदा अन्याय भएको भन्दै पीडित किसानले फलेवास नगरपालिका हुँदै जिल्ला स्तरमा पहल गर्दा समेत न्याय नपाएको गुनासो गरेका छन् । सम्पतीको नाममा रहेको त्यही खेतमा समेत डोजर नचाएर सडक बनाइएको भन्दै पीडित किसानले न्यायको माग गरेका छन् । अन्य आर्थिक उपार्जनको केही विकल्प नभएको पीडित किसानले क्षतिपूर्तीको समेत माग राखेका छन् ।

हामिहरुको जग्गामा पहिला पनि मदिराको तालमा रातिमा डोजर लगाइएको थियो, जग्गाधनी यामु पाण्डेले भनिन्। त्यो बेला सबैले विरोध गरेपछि गाविसको रोहबरमा हाम्रो जमिनबाट बाटो नखन्ने सहमती भएको थियो । तत्कालिन गाविसले गरिबको जमिनबाट बाटो नखन्न गरेको सहमति जनप्रतिनीधिले तोडिदिएको उनिहरुको गुनासो छ । नगरपालिकालेनै जबजस्ती धान रोपेको खेतमा डोजर चलाएर किसानको पेटमा लात हानेको उनको भनाई रहको छ ।

स्थानीय सरकार आएपछि नागरिकले सुख पाउँछन् भन्थे तर यहाँ जनप्रतिनिधि आएपछि गरिबको पेटमा लात मार्ने काम भयो उनले भनिन् । आफू एकल महिला भएको र आफ्नो पक्षमा बोल्ने कोही नभएका कारण स्थानीय जनप्रतिनिधिहरुले हेपेको उनको दुखेसो छ ।


 १८ गते खेतला खोजेर धान रोपे, २० गते जनप्रतिनिधिले नै डोजर लगाएर सुकुम्बासी नै बनाए उनले भनिन् । स्थानीय सरकार आएपछि सुख होइन भएको दुख भयो, मेरो पेटमा लात हानियो उनले भनिन् । आधा हलको मेलो पनि छैन । त्यहि खेतले वर्षभरी पुर्याउनुपर्छ तर  स्थानीय सरकार आएपछि गरिबमाथि दिन लाग्यो  उनले भनिन् ।

अर्का पीडित बालकृष्ण पाण्डेले पनि आफू माथि अन्याय भएको बताउँछन् । एक हलको पनि पूरा खेत छैन त्यही पनि तीन भाग लागाउनुपर्छ । स्थानीय जनप्रतिनिधिकै रोहबरमा गरिबमाथि लात हानियो । विदेशमा भएका दाजुलाई म के जवाफ दिऊँ । पहिला पनि यस्तै गरे अहिले पनि यहि नियति आइलाग्यो उनले भने ।

स्थानीय केहि व्यक्तिहरुले श्रीमतीलाई पनि मानसिक यातना दिने गरेको उनी बताउँछन । श्रीमतीलाई तेरो खेतमा डोजर पनि हालियो, अब तँलाई जागिरबाट पनि निकाल्छौ भनेर मानसिक यातना दिन्छन रे, उनले भने । गरिबमाथि पीडा माथि पीडा ।

यता फलेवास नगरपालिका ११ का वडा अध्यक्ष जीतबहादुर सुनार बाहिरी चक्रपथ निर्माण गर्दा धान खेतमा डोजर लगाउनु परेको बताउँछन् । अध्यक्ष सुनारले नगरपालिकाले पीडितलाई राहत दिने गरी सहमतीको प्रयासमा लागेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!