भर्दौ अन्तिम साता जेसीज सप्ताह हुने

Posted on: 04 Sep, 2019



पर्वत । भर्दौंको अन्तिम सातादेखि जेसीज सप्ताह हुने भएको छ । पर्वत जेसीजको आयोजनामा भदौं २१ देखि २७ गतेसम्म जेसीज सप्ताह हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजकले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । पहिलोदिन उद्घाटन हुनेछ । त्यसपछि क्रमश अभिभावकका लागि प्यारेन्टिङ तालिम, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,मैत्रीपूर्ण फलुटबल प्रतियोगिता ( पर्वत जेसीज र जनप्रतिनिधि), स्लो स्कुटी रेस प्रतियोगिता,उत्कृष्ठ चालक सम्मान कार्यक्रम, विदालयस्तरीय लोकनृत्य प्रतियोगिता, पुरस्कार वितरण र समापन हुने मूल संयोजक इ.मञ्जु शिलाकार श्रेष्ठले जानकारी दिइन ।

सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्न २ लाख ४ हजार खर्च लाग्ने अनुमान गरिएको जेसीज अध्यक्ष मोहन आचार्यले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!