२९ जना किसान पुरस्कृत

Posted on: 29 Dec, 2018

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङमा २९ जना किसान पुरस्कृत भएका छन् । जिल्लामा रहेर व्यवसायीकरुपमा कृषि पेशा अपनाउँदै आएका किसान पुरस्कृत भएका हुन् । शनिबार दिक्तेलमा सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, आलु बाली, माछा, तेलहन÷दलहन÷नगदे बाली र विबिध बाली समुहका उत्कृष्ट किसानलाई छनौट गरेर पुरस्कृत गरिएको हो । 

खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी प्रथम, दिक्तेलका अम्बीका आचार्य दोश्रो र सोल्माका यामकुमार श्रेष्ठले तेश्रो, फलफुलतर्फ याम्खाका रामबहादुर कुँवर प्रथम, बिजयखर्कका जीवराज पोखरेल दोश्रो र बुईपाका सुमन राई तेश्रो, आलुबालीतर्फ खाल्लेका केदार कट्वाल प्रथम, खाल्लेकै उषा राई दोश्रो र दिक्तेलका बिकास आचार्य तेश्रो पुरस्कार प्राप्त गरेका छन् । यस्तै, ८ जना किसानलाई जनही एक हजारका दरले प्रोत्साहन पुरस्कार र ३७ वटा स्टललाई प्रति स्टल दुई हजार पाँच सयका दरले प्रदर्शनी पुरस्कार प्रदान गरिएको थियो ।

कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा प्रथम, दोश्रो र तेश्रो भएका किसानलाई क्रमशः जनही ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपयमेर बिणादेबी राई लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको छ ।  यस्तै, कृषि मेला प्रदर्शनीकै अवशरमा दिक्तेल रुपाकोट नगरपालिकाभित्रका उत्कृष्ट किसानलाई सम्मान गरिएको छ । २०४४ सालदेखि व्यवसायीकरुपमा अदुवा खेती गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ६९ वर्षीय किसान सुरमान राईलाई सम्मान गरिएको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुशार अदुवा किसान राईलाई नगद २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ ।


फलफुलतर्फ दोश्रो भएका बिजयखर्कका जीवराज पोखरेललाई पुरस्कार प्रदान गर्दै नगरप्रमुख दिपनारायण रिजाल | तस्विर: चिसाङ शेर्पा हिटा   

यस बिषयमा तपाइको प्रतिक्रिया...!