निर्मला पन्तको न्यायका लागि सिट्ठी जुलुस

Posted on: 15 Sep, 2018

भाद्र ३० । सास । दोलखा । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको पहिचान गरी कार्बाही गर्न शनिबार चरिकोटमा दबाबमूलक सिट्ठी जुलुश निकालिएको छ ।


बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै दोलखा सदरमुकाम चरिकोटमा आज प्रदर्शन गरिएको हो । कार्यक्रममा महिला तथा बालअधिकारकर्मी सिर्जना कार्कीले निर्मलाको न्यायका निम्ति जस्तोसूकै परिस्थीतिको सामना गर्न आफुहरु तयार रहेको बताउनु भएको छ । कार्कीले किशोरीहरुले गाउँ, घर, सहर, बजार जुन सुकै ठाउँमा पनि आफु सुरक्षित भएको महसुश गर्न नपाएको प्रति दुख समेत व्यक्त गर्नुभयो । 

बलात्कारका घटनाप्रति सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी, चुप लागेर नबसौँ न्याय मर्न नदिऔं र मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार जस्ता विषय लेखिएका प्ले कार्ड बोकी सिठ्ठि फुक्दै गरिएको प्रदर्शनमा अधिकारकर्मी, बाल क्लबका प्रतिनिधि, युवायुवति लगायतको सहभागिता रहको थियो । कार्यक्रममा निर्मलाका निम्ति न्याय अभियानकी संयोजक विमला बुढाथोकी, बालअधिकारकर्मी राजन बस्नेत, किशोरी रेजिना उपे्रति लगायतले मन्तव्य राख्नुहुँदै नेपालमा दिनहुँ झै भैरहको बलात्कारको घटनाप्रति दुख व्यक्त गर्दै तत्काल दोषि पत्ता लगाई कानुनको कठघरामा उभ्याउनु पर्नेमा जोड दिनु भएको थियो । 





यस बिषयमा तपाइको प्रतिक्रिया...!