कर्णालीमा पहिलोपटक ह्रायाचरी मेशिनबाट कुखुराको चल्ला उत्पादन

Posted on: 15 Dec, 2017

दान बहादुर बुढा/मङ्सिर २९, मुगु  । बिकट हिमाली जिल्ला मुगुमा कर्णालीमानै पहिलोपटक रत्न ह्राचरी फर्मबाट कुखुराका चल्ला उत्पादन गरिएको छ । 

मुगुमा पहिलो पटक रत्न ह्रायाचरी फर्मलेमा रहेको ह्रायाचरी मेशिनले १ सय ८० चल्ला उत्पादन क्ष्यामताको मेशिनबाट पहिलो पटक कुखुरा बिकास केन्द्र खजुराबाट १सय ५० दाना अण्डा  र केही जिल्लामा खरीद गरी ल्याएर परिक्षणमा गर्दा केही अण्डा खजुराबाट ल्याउदा बाटोमा नै बिग्री सकेका थिए भने पहिलो पटक मुगुमा १सय ६८ वटा कुखुराका चल्ला उत्पादन भएका हुन ।


जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न गैर सरकारी कार्यालयहरुद्धारा वषपिछे लाखै मुल्यका हजारै कुखुराका चल्ला वितरण गरेका भए पनि  अहिले जिल्लाभर कुखुराका चल्ला, अण्डा र मासुको अभाव देखिएको छ । 

बजारमा हिजोआज सदरमुका गमगढी बजारमा  दैनिक ५ र ६ क्वीन्टल कुखुराको मासु नेपालगन्जबाट वाईलर कुखुराको मासु ल्याएर खपत हुने गरेको छ भने २१ र २२ दिनमा मेशिनबाट चल्ला उत्पादन हुनु पर्नेमा यहाँको हावा पानि र तापक्रम लगाएत अन्य बिभिन्न कारणले गर्दा अहिले पहिले पटक १ सय ६८ कुखुराको चल्ला उत्पादन गरेको छ ।

जिल्लाको मासुको माग पुरा गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरि छिट्टै स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने तयारी भईरहेको रत्न ह्याँचरी फर्मका सञ्चालक रत्नसिंह मल्लले जानकारी दिए । 


मल्लका अनुसार ह्रायाचरी मेशिन लागाएत सोलर ब्याट्रि,जडान,ढुवानि खर्च गरी जम्मा ६ लाख भन्दा बढी खर्च भएको समेत जनाएका छन ।

जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भिम चन्द्र बुढाको अनुसार जिल्लामा रहेका स्थानिय जातका कुखरा गीरीराज,ककोराज, कप्टेल जातका चल्ला उत्पादन गर्ने र बाहिरीय जिल्लाबाट आउर्ने कुखुराका चल्ला अण्डा रोक्ने र यही ह्रायाचरी मेशिनले २१ दिनमा कुखुराका चल्ला उत्पादन हुन्छ २१ दिनको चल्ला निकै पोसीले हुने समेत बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!