विमा नगर्दा बैतडीका किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

Posted on: 20 Nov, 2016

नरी बडु, मंसिर  बैतडी  ।

जिल्लाका भैँसिपालक किशानले विमा नगर्दा नेपाल सरकाबाट पाईने भैँसी सुत्केरी भत्ता पाएका छैनन् ।

थुप्रै भैँसीपालक किशान रहेको यस जिल्लामा अहिलेसम्म एउटा किशानले पनि पशु विमा गराएका छैनन् ।  नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धी गरी पशुपालनलाई व्यवसायिकिकरण गर्ने उद्देश्यले भैँसीको पशु विमा गराएका किशानलाई सुत्केरी भत्ता वाफत प्रतिभैँसी दुई हजार पाँय सय उपलब्ध गराउछ ।

किशानले पशु विमा गर्दा २५ प्रतिशत रकममात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशुसेवा कार्यालयका बरिष्ट पशुविकास अधिकृत नबिन घिमिरेको भनाई छ ।

“किशानलाई पटक–पटक पशु विमाका लागि आग्रह गर्यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किशानले पशु विमा गराएका छैनन्” अधिकृत घिमिरेले भने ।
किशान ले भैँसीको एक लाख सम्मको विमा गरेको छ र भैसीको कारणवस मृत्यू भयो भने विमा कम्पनीले ९० हजार दिने प्रावधान छ ।

धेरै किशानहरु पशु विमाको बारेमा अनविज्ञ छन् । जनचेतनाको अभाव र विमाको पुरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिले सम्म विमा गरिएको छैन् ।
पछिल्लो समय बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट भैसीहरु मासुको मुल्यमा तराई लगायत राजधानी तिर निकासी हुने गरेको स्थानीय किशानको भनाई छ ।

भैसिहरुमा विभिन्न किसमका रोगहरुको संक्रमण हुनु, खरघाँसको प्रयाप्त व्यवस्था नहुन र भैसीमा बाँझोपनको समस्या हुनु लगायतका कारणले भैसी निकासी बढेको स्थानीय भैँसीपालक किशान शिवराज भट्टको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!