तीन कृषक राष्ट्रपति उत्कृष्ट पुरुष्कारबाट सम्मानित

Posted on: 28 Oct, 2016

नरी बडु, कात्र्तिक १२ बैतडी ।
जिल्लाका तीन कृषक राष्ट्रपति पुरुष्कारबाट सम्मानित भएका छन् । जिल्लाको गोकुलेश्वर गाविस ९ का किशनसिह माल, जिल्लाको शिद्धपुर गाविसका मनीराम पन्त र गुरुखोला गविस २ का कृष्ण दत्त भट्ट पुरुष्कृत भएका हुन् ।

उत्कृष्ट तीन किशानलाई जिल्ला कृषि विकास कार्यालय बैतडीले ३६ विश्व खाद्य दिवसको अवसरमा नगद १०/१० हजार र प्रमाणपत्रले सम्मान गरेको हो ।
उनिहरुले जिल्लाको व्यवसायिक कृषिमा महत्वपुर्ण योगदान गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख कमलेश तिवारीले बताए ।

यस्तै कृषि विकास कार्यालयले दिवसको अवसरमा राखेको निवन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थिहरुलाई पनि नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।

उक्त प्रतियोगितामा दशरथचन्द उमावि सुन्दरखालीका अमित नेपाली प्रथम, दशरथचन्द उमाविकै सुम्नीमा चन्द द्वतिय र सोहि विद्यालयका तुलसी भट्ट तृतिय भएका थिए यस्तै सान्तोनामा सिवस्थली मावि जर्गका आसीस पाण्डेय भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उनिहरुलाई क्रमश दुई हजार, १५ सय, एक हजार र पाँच सय नगद तथा प्रमाणपत्रले सम्मान गरीएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!