पल शाहविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

Posted on: 17 Jan, 2023

माघ ३, तनहुँ | नेपाली चलचित्रका नायक पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदै छ । 

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका आनुसार आज अन्तिम सुनुवाइ हुन लागेको हो । कुनै कारणबाट पेसी स्थगित नभए आजै अदालतले फैसला गर्न सक्ने उनको भनाइ छ ।

पलविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोग छ । उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

जिल्ला अदालत तनहुँले यसअघिको सुनुवाइमा जिल्ला अदालत नवलपुरको फैसला झिकाउने आदेश दिएको थियो । फैसला प्राप्त भएपछि अन्तिम सुनुवाइ हुन लागेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!