६९ लाख रुपैयाँसहित एक हुन्डी कारोबारी पक्राउ

Posted on: 12 Jan, 2023

पुस २८, काठमाडौँ | हुन्डी कारोबारमा संलग्न विराटनगर–१८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैंकमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित बिहीबार पक्राउ गरेको छ ।


मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार साहलाई जलजला मोडमा शंकास्पद अवस्थामा हिँडदै गरेको अवस्थामा नियन्त्रणमा लिएर तलासी गर्दा उक्त रकम फेला परेको हो ।

३६ वर्षीय साहको साथवाट विभिन्न बैंकका १४ थान एटीएम कार्ड, चेक बुक ९ थानसहित ६ लाख रुपैयाँ निकाल्नका लागि काटिएका दुई थान चेकसमेत बरामद भएको कोइरालाले बताए ।

साहसँग नगद र बैंकमा जम्मा गरेको गरी करिब ७० लाख रुपैयाँको स्रोत खुल्न नसकेको र उक्त रकम हुन्डी कारोबारमा प्रयोग गरिएको हुन सक्ने कोइरालाको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!