नायिका प्रियंका कार्कीको घरमा चोरी

Posted on: 26 Oct, 2022

कात्तिक ९, ललितपुर । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो। 

उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपीले घटनाबारे अनुसन्धान थालिएको जनाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!