सुर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

Posted on: 22 Oct, 2022

कात्तिक ५, सुर्खेत | सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

गए राति २३:४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा १७ च ७९६९ नंको स्कारपियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!