पल शाह प्रकरणकी नाबालिक पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ | अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा  मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् । उनले आफ्नै घरको घटना जस्तो सम्झेर आफ्नो समस्यालाई नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत उनले आफूमाथि भएको घटना नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको समेत उल्लेख गरेकी छन् । ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो  समस्यालाई नियालि दिनुहोला’, उनले भनेकी छन् । 

उनले आफूले पीडकबाट क्षतिपूर्ति  बापत वा अन्य कुनै पनि रकम माग नगरेको उल्लेख गरेकी छन् ।  क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय नभएको पनि उनले बताएकी छन् । ‘म आफ्नो अस्मिता रक्षाका लागि  आफ्नो ठाउँमा अडिग छु’,उनले भनेकी छन् । नवलपरासी अदालतले पल शाहलाई बलात्कार आरोपमा सफाइ दिएको थियो । तर बाल दुरुपयोग आरोपमा भने दोषी ठहर गर्दै १० लाख क्षतिपूर्ति भर्ने फैसला गरेको थियो । सो मुद्दा तनहुँ अदालतमा भने विचाराधीन नै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!