ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत

Posted on: 18 Aug, 2022

भदौ २, ओखलढुंगा | ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ । 

दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्का गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!