एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

Posted on: 16 Aug, 2022

साउन ३१, सिरहा | सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

एम्बुलेन्समा राखेर गाँजा ओसार–पसार, प्रहरीद्वारा ९० केजी गाँजा बरामद

को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ । 

त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!