सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

Posted on: 16 Aug, 2022

साउन ३१, काठमाडौँ | प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!