मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

Posted on: 02 Aug, 2022

साउन १७, मोरङ | मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!