बाँकेको कोहलपुरमा आफ्नै घरमा एक दम्पती मृत फेला

Posted on: 26 Jul, 2022

साउन १०, बाँके | बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । 

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको  छ । उनीहरुको हत्या भएको आशंका गरिएको छ | घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीका एसपीले जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!