भारत लैजान लागिएकी किशोरीको महेन्द्रनगरबाट उद्धार

Posted on: 21 Jul, 2022

साउन ५, काठमाडौँ | मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ। काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उदयपुरकी ती १६ वर्षीया किशोरीको उद्धार गरिएको हो।

किशोरीलाई महेन्द्रनगर बसपार्कबाट गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। काठमाडौंमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्‍याएको खुलेको छ ।

‘काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए’,साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, ‘किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही थाहा रहेनछ।’किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको  संयोजक रानाको भनाइ छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!