हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

Posted on: 20 Jul, 2022

साउन ४, मकवानपुर | हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ | हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये एक जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् । उनीहरुले हेटौंडा क्याम्पसमा तोडफोड समेत गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!