काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा पति–पत्नीसहित तीन पक्राउ

Posted on: 18 Jul, 2022

साउन २, काठमाडौँ | प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा पति–पत्नीसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जानकारी दिए। पक्राउ परेका बस्नेत र कार्की पति–पत्नी हुन्।

उनीहरूले पीडितलाई सामाजिक सञ्जाल प्रयोग गरी सम्पर्क गर्ने गरेको र पछि ती व्यक्तिहरूलाई प्रत्यक्ष भेटी झूटा मुद्दा लगाइदिन्छु भन्ने गरेको अपराध अनुसन्धान कार्यालयकाले बताए।

उनीहरूले विभिन्न संस्थानबाट लाभ लिने उद्देश्यले विभिन्न समूहका महिला र पुरूषहरूसँग सामाजिक सञ्जालमा जोडिएर पछि उनीहरूलाई फसाउने गरेको आरोप छ।

यस्तै, उनीहरूले पीडितलाई डर धम्की र त्रास देखाई ब्याकमेल गरी मोलमलाई गर्ने गरेको पराध अनुसन्धान कार्यालयकाले बताए।

प्रहरीले उनीहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!