अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार', दुईजना पक्राउ

Posted on: 17 Jul, 2022

साउन १, बैतडी | बैतडीमा अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार' आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् ।

उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।  पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ताले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!