मजदुर महिलालाई बलात्कार गरेको अभियोगमा क्याम्पसका प्रमुख पक्राउ

Posted on: 17 Jul, 2022

साउन १, बैतडी | जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो । 

ती महिलाले गत बुधबार इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन् । जबरजस्तीकरणी गरेको भन्दै पीडित महिलाले दिएको जाहेरीका आधारमा नेगीलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

पीडितले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ । ‘आज अदालतबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ,’ प्रहरी निरीक्षक जोशीले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!