८४ वर्षीय वृद्ध आफ्नै घरमा जलेको अवस्थामा मृत फेला

Posted on: 16 Jul, 2022

असार ३२, भक्तपुर | भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् ।

कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो । घटनाबारे शब पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!