ओमानमा रहेकी श्रीमतीको नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील फोटो पोस्ट गर्ने श्रीमान पक्राउ

Posted on: 12 Jul, 2022

असार २८, काठमाण्डाै | श्रीमतीकै नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील क्याप्शनसहितको फोटो पोस्ट गर्ने एक जना पक्राउ परेका छन् । 

वैदेशिक रोजगारीका क्रममा ओमानमा रहेकी श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर फोटो दुरुपयोग गरेर फोटोमा अश्लील क्याप्शन लेख्ने रुपन्देहीको सैनामैना ४ मुर्गियाका जीवन दमाईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनीमाथि विद्युतीय कारोबार ऐनअनुसारको कारबाहीका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!